धादिङ ३१ भाद्र
अखिल क्रान्तिकारी धादिङको २१ औँ जिल्ला सम्मेलनको अवसर पारेर आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
४ जना महिला र २४ जना पुरुषले रक्तदान गरेको रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।
जिल्लामा रगत अभावका कारण कुनै विरामीहरुको अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग र विभिन्न संघ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस