धादिङ ३१ भाद्र
धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी सिम्लेकी एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
प्रसुतीका लागि धादिङ अस्पतालमा भर्ना भएकी २२ वर्षीय विनुका भट्ट सिंखडाको प्रशुती गराउने समयाबधी नाघेको र अवस्था जटिल भएकाले काठमाडौँस्थित टिचिङ हस्पिटल रिफर गरिएको हो ।
प्रभु हेलिकप्टरमार्फत रु ९० हजार व्यक्तिगत खर्चमा काठमाडौँ लगिएको बिरामीका श्रीमान् जीवन सिंखडाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस