धादिङ २९ भाद्र
५७ औँ बाल दिवसको अवसर पारी लाङ्घाली बहूउद्देश्यीय सहकारीले बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
“सामान्य अवस्था वा कोभिड महांमारी : बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मूल नारा रहेको ५७ औँ बाल दिवसको अवसर पारी संस्थाका १६ जना बालबचतकर्ताहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष राजेन्द्र राना मगरले जानकारी दिनुभयो ।
सहकारीले हरेक वर्ष बालबचतकर्ताहरुलाई स्टेशनरी सामग्रीहरु वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस