धादिङ २९ भाद्र
धादिङबेसीमा रहेको आमाको माया छात्राबासमा विविध कार्यक्रम गरी ५७ औँ बाल दिवस धादिङमा पनि मनाइएको छ । नीलकण्ठ युवा रेडक्रस सर्कल, नीलकण्ठ स्काउट ट्रुप र अतिरिक्त क्रियाकलाप समिति नीलकण्ठ माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा शिक्षक नायक राजेन्द्र रानामगरको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिना, उपमन्त्री नारायण कुमार श्रेष्ठ, नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारी, प्राध्यापक डा. नवीनबन्धु पहाडी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा छात्राबासमा रहेका विद्यार्थीहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइनुका साथै विजेतालाई पुरस्कार समेत प्रदान गरिएको थियो भने बाल अधिकारका विषयमा अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य समेत राखेका थिए ।
प्रतिक्रिया दिनुहोस