धादिङ २७ भाद्र
धादिङको नीलकण्ठ–१४ धुवाकोटलाई जोड्ने स्याउली–ओडारथोक–अम्बोटे–पात्ले सडक आइतबार एक कार्यक्रमका बिच कालोपत्रेका लागि शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीको पहलमा आर्थिक वर्ष २०७७/०७८ मा रु. क्रमागत बहूवर्षीय योजना अन्तरगत ४५ करोड बजेट स्वीकृत भएको उक्त सडक निर्माण कार्य यही आर्थिक वर्षमा समापन गर्ने गरी काम अगाडि बढाइएको हो ।
स्याउलीदेखि बडारथोक–अम्बोटे हुँदै मौवाखोलासम्म ८ किलोमिटर बाटो कालोपत्रे हुन लागेको हो । साढे ५ मिटर पिच, ०.७५ मिटर फुटपाथ, १ मिटर ड्र्ेन गरी ८ मिटर बाटो धादिङबेसी सल्यानटार आरुघाट सडक जस्तै DBST प्रकृतिको बन्न लागेको हो ।
बाटोको शिलान्यास गर्दै डा. अधिकारीले उक्त सडक कालोपत्रे गर्नको लागि ठेकेदार कम्पनीहरु, इन्जिनियरहरुलाई कुनै कमिकमजोरी गर्ने छुट नभएको र गणस्तरीय काम गर्न आग्रह गर्नुभयो । उक्त कालोपत्रेको निर्माण ठेक्का रायमाझी कम्पनीले पाएको छ ।
प्रतिक्रिया दिनुहोस