धादिङ २० भाद्र
एकीकृत सामुदायिक विकास अभियान आई.सी.डि.सी नेपाल धादिङको २४ औं स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा १३ जना महिला र ३६ जना पुरुष गरी ४९ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा आइ.सि.डि.सि धादिङका अध्यक्ष गोपाल लम्साल, नेपाल रेडक्रस सोसाइटी धादिङका अध्यक्ष नारायण तिमल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री ,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, रेडियो विहानीका स्टेसन म्यानेजर सन्जय देवकोटा, नेपाल रेडक्रस सोसाइटी मुरलीभञ्ज्याङ उपशाखा सचिव कृष्ण रेग्मी लगायतको उपस्थिति रहेको थियोे ।
सोही अवसर पारेर के.के.एस् जर्मनीको सहयोगमा आई.सि.डि.सि नेपालले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको रामकोट आधारभूत स्वास्थ्य चौकीलाई मिनि फोल्डिङ वेड २ वटा, ५ सेट पि.पी.ई, अक्सिमिटर ५ वटा, थर्मल गन २ वटा, डिजिटल थर्माेमिटर ५ वटा, इलेक्ट्रिक वाटर फिल्टर १ वटा, ल्ढछ मास्क ५० वटा ,सर्जिकल मास्क ३० थान, सर्जिकल ग्लोब्स ५ थान , सेनिटाइजर ५ लिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ भने नीलकण्ठ नगरपालिका वडा नं ८ अमरावतीमा रहेको गायत्री देवी आधारभूत विद्यालयलाई सर्जिकल मास्क १५ थान, १ लिटर सेनिटाइजर, डिजिटल थर्माेमिटर र १२ वटा सावुन हस्तान्तरण गरिएको मनोविमर्शकर्ता राजन दुवाडीले जानकारी दिनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष गुण बहादुर थपलिया, संस्थाका कार्यसमिति सदस्य बलराम लम्साल, कार्यक्रम व्यवस्थापक विनोद रिजाल, स्वास्थ्य संस्थाका प्रमुख अम्बिका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस