धादिङ १८ भाद्र
धादिङको गजुरीमा चेपाङ भाषा वर्णमाला प्रर्वद्धन तालिम सुरु भएको छ । नेपाल चेपाङ संघको आयोजनामा हिमाली आदिवासी जनजाती समुदाय संस्थाको आर्थिक सहयोगमा सुरु भएको तालिमको अध्यक्षता भिम बहादुर चेपाङले गर्नुभएको थियो ।
यस्तै नेपाल चेपाङ संघको केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङको प्रमुख आतिथ्यता, चेपाङ संघका केन्द्रीय सदस्य सन्त बहादुर चेपाङ, हिमाली आदिवासी जनजाती समुदाय संस्थाका भाषा प्रर्वद्धन प्रतिनिधि छिरिङ पाशाङ भोटे लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ, चितवन, गोरखा र मकवानपुरका विभिन्न स्थानमा चेपाङ भाषा तालिम सञ्चालन भैरहेको चेपाङ अगुवा तिलक चेपाङले जानकारी दिनुभयो । हाल नेपालमा मातृभाषाको रुपमा ६८ प्रतिशत चेपाङहरुले चेपाङ भाषा प्रयोग गर्ने तथ्याङ्क रहेको छ ।
उक्त तालिममा चेपाङ छात्राबासका किशोर किशोरी, शिक्षक र अभिभावकहरुको सहभागिता रहेको छ । शनिबार समापन हुने तालिममा तिलक चेपाङ, आइतसिं चेपाङले प्रशिक्षण गराउनुहुने छ ।
प्रतिक्रिया दिनुहोस