धादिङ १८ भाद्र
यही आषाढ १ गते आएको अबिरल वर्षाले क्षति पुर्याएको मनाङको नासो गाउँपालिका–१ ताल गाउँ र वडा नं. ३ धारापानी र वडा नं. ४ पहिरो प्रभावितहरुलाई धादिङका समाजसेवी दिनेश कुमार तामाङको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।
असार १ गतेको बाढीबाट पीडित हुन पुगेका ३ सय ६० मनाङबासीलाई धादिङका समाजसेवी दिनेश कुमार तामाङको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।
खाल्सा एड, नासों गाउपालिका मनाङ, म्यागङ गाउपालिका नुवाकोट, बेनिघाट रोराङ गाउँपालिका धादिङ ,हाल अमेरिकाको अलास्का निवासी पिस हिल स्टेशन लमजुङका जीत तामाङ, आशिष योन्जन अमेरिका पेन्सेलभेनिया, DANE CARLSON र उनका आमा अमेरिका र झार्लाङका हरि बहादुर तामाङको सहयोगमा समाजसेवी दिनेश तामाङले १३ टन राहत सामाग्री सहित पाँचवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री बितरण गर्नुभएको हो ।
त्यहाका नागरिकहरुको अवस्था अत्यन्तै चिन्ताजनक र नाजुक रहेकाले नासों गाउँपालिकाको वडा नं. १ र ३ का ३७ घरपरिवारलाई पुनः विशेष राहत प्याकेज लैजाने तयारी गरेको दिनेश तामाङले बताउनु भयो ।
नासो गाउँपालिका वडा नं. १, २, ३, ४, ५ र ८ का ३ सय ६० घर परिवार लाई प्रति परिवार १४ आईटमको राहात प्याकेज र करिब १०० जना भन्दा ज्यादा मानिसहरूलाई आपतकालिन अवस्थामा अस्थायी बासको लागी ठुला १९ वटा टेन्ट सहित १३ टन भन्दा ज्यादा सामाग्री सडक अबरूद्द भएको कठिन परिस्थितिमा पनि सडक मर्मत गर्दै बेशीसहर बाट ३ दिन लगाएर १४ वटा जीपमा मनाङ पुर्याएको दिनेश तामाङ बताउँनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस