धादिङ १७ भाद्र
जिल्ला प्रहरी कार्यालय धादिङले जन्म कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ गरेको छ । वि.सं. २०६१ साल कार्तिक १२ गते धादिङको खरीका ५३ वर्षीय यम बहादुर राना मगरले सोही ठाउँका लुद्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धादिङबाट जन्म कैदको फैसला भएको थियो । फरार प्रतिवादी मगरलाई साँध भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले बिहिबार ज्वालामूखी–५, खरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस