धादिङ १६ भाद्र
जिल्ला अस्पताल धादिङले सामाजिक सञ्जालमा अस्पताल र चिकित्सकको बारेमा भ्रामक कुराहरु सम्प्रेषण गरेको र अस्पतालका अध्यक्षलाई अमर्यादित तबरले धम्क्याएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
सोमबार ज्वालामूखी गाउँपालिकाको खरीबाट धादिङवेसी आउँदै गरेको आइचर ट्रक दुर्घटनामा अस्पतालको भूमिकाको विषयलाई लिएर नीलकण्ठ नगरपलिकाका मेयर भीम प्रसाद ढुङ्गानाका सल्लाहाकार दिपक कोइरालाले अस्पताल प्रशासन र चिकित्सकहरुको बारेमा अनर्गल र भ्रामक कुराहरु तथा अस्पतालका अध्यक्षलाई अर्मयादित ढङ्गले धम्क्याएको भिडियो टिकटकमा हालि अस्पतालप्रति नकरात्मक सन्देश प्रवाह गरेको विज्ञप्तिमा लेखिएको छ ।
कोईरालाले अस्पतालको आकस्मिक कक्षमा चिकित्सकहरु नभएको, उपचारमा लापरवाही गरेको जस्ता आक्षप लगाएर टिकटक बनाइ सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
विज्ञप्तीमा अस्पतालका अध्ययक्षलाई अर्मयादित तबरले फोन मार्फत धम्क्याउने, चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने जस्ता कार्य नगर्न र यस्ता भ्रममा नपर्न सम्पूर्ण सेवाग्राहीहरुलाई विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस