सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै समूहगत सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ । अधिकांश कम्पनीहरूकाे शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस