धादिङ १२ भाद्र
अशोक इन्टरप्राइजेज, सिरान बजार धादिङको आयोजनामा कुखुरा पालक किसानहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भ्याली प्लेट फिड प्रा. लि को प्राविधिक सहयोगमा धादिङस्थित क्रिक रिसोर्टमा धादिङका ५५ जना कुखुरा पालक किसानहरुलाई एकदिने विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको अशोक इन्टरप्राइजेजका सञ्चालक अशोक कुमार बस्नेतले जानकारी दिनुभयो ।
किसानहरुलाई नयाँ प्रविधिको प्रयोग, वातावर अनुकुल संरचना तथा सम्भावित समस्या र समाधानमा आधारित भएर डा. मित्रमणी आचार्यले कार्यक्रलाई सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा कुखुरा पालन गर्दा संरचना निर्माणमा ध्यान पु¥याउनुपर्ने आधारभूत कुराहरू, कुखुरा पालनका आधारभूत नियमहरु, सम्भावित समस्या तथा उपायहरू तथा सहभागीहरुका गुनासाहरुलाई सहजीकरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस