धादिङ १२ भाद्र
धादिङ जिल्लाका ३ स्थानीय तहलाई बाढी, पहिरोबाट प्रभावित नागरिकहरुलाई वितरण गर्ने गरी राहत सामग्री हस्तान्तरण गरिएको छ । भारत सरकारले नेपालका १५ जिल्लाका बाढी प्रभावित क्षेत्रका नागरिकहरुलाई दिएको राहत सामग्री प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा धादिङको नीलकण्ठ नगरपालिका, खनियाबास गाउँपालिका र रुविभ्याली गाउँपालिकालाई शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । यस्तै धादिङवेसीस्थित आमाको माया छात्राबासमा पनि उक्त सामग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएको सामाग्रीहरुमा खनियाबास गाउँपालिकाका लागि ठुलो साइजको टेन्ट १८ वटा, सिङ्गल साइजको फेमेली टेन्ट २० वटा, डबल साइजको फेमेली टेन्ट ५ वटा, प्लास्टिक सिट्स ५ वटा र स्लिपिङ म्याट २ सय ५८ वटा रहेको छ ।
रुवीभ्याली गाउँपालिकाको लागि ठुलो साइजको टेन्ट १० वटा, सिङ्गल साइजको फेमेली टेन्ट १८ वटा, डबल साइजको फेमेली टेन्ट ४ वटा, प्लास्टिक सिट्स ५ वटा र स्लिपिङ म्याट २ सय ४० वटा रहेको छ ।
यसैगरी नीलकण्ठ नगरपालिकाको लागि ठुलो साइजको टेन्ट ५ वटा, सिङ्गल साइजको फेमेली टेन्ट १० वटा, डबल साइजको फेमेली टेन्ट ५ वटा, प्लास्टिक सिट्स ३ वटा र स्लिपिङ म्याट सय वटा रहेको छ ।
आमाको माया छात्रबासको लागि ठुलो साइजको टेन्ट २ वटा, सिङ्गल साइजको फेमेली टेन्ट २ वटा, डबल साइजको फेमेली टेन्ट १ वटा, प्लास्टिक सिट्स ३ वटा र स्लिपिङ म्याट ६० वटा रहेको छ ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ, जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत राममणि मिश्र, खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रूबि भ्याली गाँउपालिकाका स्वास्थ्य संयोजक राजतामाङ, वडा सदस्य गमन तामाङ, निकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुल बहादुर महत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्द्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, छितराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
प्राज्ञिक विद्यार्थी परिषद्ममार्फत सो राहत सामाग्री धादिङपछि गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा र दोलखा जिल्लामा वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस