फाइल तस्विर
धादिङ ०९ भाद्र
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा गंगाजमुना गाउँपालिका धादिङले तीज गीत प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक अधिकारीले एक सूचना जारी गर्दै भाद्र २० गते प्रतियोगिताको आयोजना भएकाले गाउँपालिकाभित्रका महिला दिदी बहिनीहरुलाई सहभागिताको लागि अनुरोध गर्नुभएको छ । प्रतियोगिताको विषयवस्तु महिला हिंसा वा कोभिड–१९ सँग सम्बन्धित रहने छ । प्रतियोगितामा सहभागिताका लागि यही भाद्र १८ गतेभित्र टिम दर्ता गर्न अनुरोध समेत गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुने टिमले १५ हजार, तृतीय हुने टिमले १० हजार र सान्त्वना हुने टिमले ५ हजार पाउने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस