धादिङ ०९ भाद्र
नेकपा(माओवादी केन्द्र) धादिङका ४ नेतालाई पार्टीको प्रमखु जिम्मेवारी दिएको छ । माओावादी केन्द्रकोस्थायी कमिटी बैठकले जिल्लाका पुराना र जनयुद्धको नेतृत्वकर्ता रहेका ४ नेतालाई महत्त्वपूर्ण जिम्मेवारी दिएको हो ।
जसअनुसार नेता पुष्प विक्रम मल्लले उपत्यका विशेष समिति अन्तरगतको उद्योग व्यवसायी जिल्ला समिति इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै नेता सालिकराम जम्कट्टेलले माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समितिको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका छन् ।
यस्तै नेतृ कल्पना धमलाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखको जिम्मेवारी पाउनु भएको छ भने नेता ओम शर्माले प्रवास समिति अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले दिएको निर्देशन अनुसार सम्पन्न भएको स्थायी कमिटी बैठकले पार्टीको संगठनात्मक स्वरुप परिवर्तन गर्दै पार्टीलाई संघीय ढाँचामा लैजाने निर्णय अनुसार विभिन्न जिम्मेवारी बाढफाड भएका हुन् ।
प्रतिक्रिया दिनुहोस