धादिङ ०४ भाद्र
एकीकृत सामुदायिक विकास अभियान आइसिडिसि नेपाल धादिङले केकेएस् जर्मनीको सहयोगमा धादिङ बेसीमा रहेको आइसोलेसनमा आवश्यक विभिन्न स्वास्थ्य सामाग्रीसहयोग गरेको छ ।
सहयोग गरिएका स्वास्थ्य सामग्रीहरुमा सर्जिकल मास्क, १०० एम.एल.को सेनिटाइजर, डिजिटल थर्मोमिटर, पानी तताउने जग, पानी खाने बोतल, टाबेल, मज्जन, ब्रस, नङकट, कागियो लगायतका सामग्रीहरु २०/२० सेट तथा १० थान सेनिटरी प्याड, सर्जिकल ग्लोभ्स २ थान, साबुन १०० पिस उपलब्ध गराएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै संस्थाका प्रतिनिधिहरुले आगामी दिनमा पनि आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमला, सूचना अधिकृत बिक्रम वि.क, आइसिडिसि धादिङका कार्यसमिति सदस्य बलराम लम्साल, मनोविमर्शकर्ता राजन दुवाडी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस