धादिङ ०३ भाद्र
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. १ री को चोके र इबीमा केन्द्रीय प्रशारण लाइनमार्फत बिजुली बत्ती बलेको छ । साबिक री गाविस वडा नं. ४ मा पर्ने उक्त स्थानमा बत्ती बलेपछि सदियौँदेखि अन्धकारमा बसेका स्थानीयहरुमा खुसियाली छाएको छ ।
साविकको री गाविसभरी नै केन्द्रीय प्रशारण लाइन जोड्नका लागि पोल गाड्ने, तार तान्ने र ट्रान्समिटर जडानको काम सम्पन्न भैसकेकाले केही दिनमै सबै ठाउँमा बत्ति बल्ने स्थानीय दिपेश तामाङले जानकारी दिनुभयो ।
यस्तै वडा नं. १ को केन्द्र रहेको ताजिम्राङमा पनि घरघरमा बिजुली बत्तिको लाइन पुगेता पनि मिटर जडान नभएकाले तत्काल बत्ति बाल्न नसकिएको तामाङको भनाइ छ ।
आफ्नो गाउँमा केन्द्रीय प्रशारण लाइनमार्फत बिजुली बत्ति जडान भएपछि विभिन्न उद्योग कलकारखाना सञ्चालन तथा घरायसी प्रयोजनमा निकै सहयोग पुग्ने हुनाले स्थानीयहरुलाई कुनै पनि दलीय स्वार्थमा नलागि गाउँका विकासमा लाग्नपर्ने तामाङले बताए ।
यसअघि वडा नं. २ को कुतालका ४३ घरमा केन्द्रीय प्रशारण लाइनको बिजुली बलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस