धादिङ २३ श्रावण
बेनिघाट रोराङ गाउँपालिका बाल विकास शिक्षक र कार्यालय सहयोगीहरुलाई मासिक तलब १५ हजार बनाउने भएको छ । यो आर्थिक वर्षको श्रावणदेखि नै लागु हुनेगरि बाल विकास शिक्षक र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको गाउँपालिका प्रमुख हरि डल्लाकोटीले बताउनु भयो ।
शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङ गाउँसमितिको बैठकलाई सम्बोधन गर्दै डल्लाकोटीले सरकारले जम्मा ६ हजार दिइरहेकोमा यो आर्थिक वर्षमा वृद्धि गरी ८ हजार पु¥याएको थियो । डल्लाकोटीले यसै आर्थिक वर्षदेखि विद्यार्थी अनुपात हेरेर सरकारी स्केल अनुसार आधारभूत तथा माध्यमिक तहको शिक्षक अनुदान, राहत र करार कोटा वितरण गरिने पनि प्रतिबद्धता जनाउनु भयो ।
संगठनका गाउँपालिका अध्यक्ष ईश्वरबाबु रेग्मीको अध्यक्षतामा भएको पूर्ण विस्तारित बैठकमा गाउँपालिका अध्यक्ष डल्लाकोटीको प्रमुख आतिथ्यता नेकपा(माओवादी केन्द्र) निर्वाचन क्षेत्रीय इन्चार्ज विवेक थपलिया, वेनिघाट रोराङ गाउँपार्टी अध्यक्ष खेम भुजेल, पार्टीका १० नम्बर वडाका इन्चार्ज मणिराज गुरुङ, संगठनका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले ३४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले जारी गरेको आन्दोलनलाई सफल बनाउन ७ सदस्यीय गाउँपालिका स्तरीय आन्दोलन परिचालन समिति समेत निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस