धादिङ २३ श्रावण
धादिङमा शनिबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा बेनिघाटमा १६, नेत्रवातिमा ५ र धादिङ्ग हस्पिटलमा ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै आज ४८ जना डिस्चार्ज भएसँगै जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय १७ पुगेको छ । हाल जिल्लामा हस्पिटल आइसोलेसनमा ८ र होम आइसोलेसनमा ४ सय ९ रहेका छन्। आज धादिङ्ग हस्पिटलमा २० स्वाब संकलन भएको छ । १ सय ३५ एनटीजेन परिक्षण मध्ये ३० जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस