धादिङ २० श्रावण
धादिङमा बुधबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरमा नीलकण्ठमा १, धुनिबेसिमा ९, गल्छीमा १, ज्वालामुखीमा २, त्रिपुरासुन्दरीमा ४, गजुरीमा १ र गंगाजमुनामा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै आज ४४ जना डिस्चार्ज भएसँगै जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । हाल जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४ सय ४८ जना रहेका छन् । आज गजुरिमा १० स्वाब संकलन भएको छ भने जिल्लामा १ सय १० एन्टिजेन परीक्षण मध्ये २२ जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस