धादिङ २० श्रावण
जनयुद्धका महान् शहिदहरु हस्त बहादुर गुरुङ(जीवन) र कौशल्या तामाङ(महिमा) को स्मृति दिवस धादिङबेसीमा सम्पन्न भएको छ । जनक्रान्तिका सहिद तथा व्यपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको स्मृति दिवसमा नेकपा(माओवादी केन्द्र) धादिङका नेता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
२०५९ साल श्रावण २० गते धुवाकोटका हस्त बहादुर गुरुङ(जीवन)लाई कटुञ्जेको भोटेपधेरोमा गिरफ्तार गरी सांकोसको जुम्रे भञ्ज्याङमा लगेर तत्कालिन शाही नेपाली सेनाले गोली हानी हत्या गरेको थियो । यस्तै धुवाकोटकै कौशिल्या तामाङ(महिमा)लाई किम्ताङफेदीमा गिरफ्तार गरी शेनाको टोलीले रातभर नजिकैको जङ्गलमा लगेर पालै पालो सामुहिक बलत्कार गरी अन्त्यमा हत्या गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र) धादिङका नेता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले सहिदको बलिदानीपूर्ण इतिहासलाई आत्मसात गर्दै सहिदहरुले देखाएको बाटो अविचलित भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै कार्यक्रमका अध्यक्ष जनक्रान्तिका सहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीले सहिदको बलिदानीबाट प्राप्त उपलब्धीलाई कसैले पनि अबमूल्यन गर्न नहुने बताउदै सहिदले देखाएको बाटोमा हिड्नु आम प्रगतिशील, क्रान्तिकारीहरुको कर्तव्य भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस