धादिङ १९ श्रावण
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा सोमबार २ जनाको रहस्यमयी मृत्यु भएको छ । लामो समयदेखि ताल्तीमा बसोबास गर्दै आएका ४५ वर्षीय तिर्थ बहादुर विकले आफ्नी श्रीमती भिममाया बिकको हत्या गरी आफूले समेत आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
सोमबार बिहान उनीहरुले घरमा सँगै रक्सी खाएको र खेतमा काम गर्न जाने क्रममा बाटोमा आपसी विादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरुको भनाइ छ । दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।
प्रतिक्रिया दिनुहोस