धादिङ १८ श्रावण
जिल्ला प्रशासन कार्यालय धादिङले भौतिक रुपमा पठन पाठन कार्य तत्काल बन्द गर्न विद्यालयहरुलाई सचेत गराएको छ । रेडियो बिहानी लगायत विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशित भएको र नागरिकहरको चर्को आलोचनापछि सोमबार एक सूचना जारी गर्दै भौतिक पठन पाठन नगराउन सचेत गराएको हो । सूचनामा कोभिड संक्रमणको जोखिम कायमै रहेको अवस्थामा कतिपय स्थानीय तह तथा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमै पठन पाठन गरेको पाइएकाले निषेधाज्ञा अवधिमा पालना गर्नुपर्ने नियमहरु कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । सूचनामा निषेधाज्ञा विपरित गरिने शैक्षिक कृयाकलापहरुले संक्रमण फैलिन सक्ने सम्भावना उच्च देखिएकाले सोबाट हुन सक्ने विकराल परिस्थितिको सम्पूर्ण जिम्मेवार सम्बन्धित स्थानीय तह र शैक्षिक संस्थाहरु हुने र उक्त कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने कुरा उल्लेख गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहहरुले आफूखुसी निर्णय गरेर विद्यालय सञ्चालन गरेका छन् भने कतिपय स्थानीय तहमा विद्यालय आफैले निर्णय गरेर भौतिक पठन पाठन सुरु गरेका छन् । धादिङबेसीकै नीलकण्ठ मावि, एडभान्स एकेडेमी, किबो बोर्डिङ लगायतका विद्यालयहरुमा धमाधम भौतिक रुपमा पठन पाठन भैरहेको छ ।
यो पनि
सरकारको निर्देशन विपरित धादिङका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठन पाठन सुरु
प्रतिक्रिया दिनुहोस