धादिङ,०६ असार ।
धादिङमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित थपिदा ९१ जना संक्रमणमुक्त भएका छन् । आईतबार थपिएका संक्रमितहरुमा नीलकण्ठका ९, धुनिबेशीका १, बेनिघाट रोराङका २, ज्वालामुखीका २३, गल्छीका ५ जना रहेका छन् । यस्तै गजुरीका ३, त्रिपुरासुन्दरीका ४, नेत्रावती डवजोङ, गंगाजमुनाका १÷१ जना, खनियाबास र सिद्धलेकका २÷२ जना, धादिङ्ग अस्पतालमा ३ जना र पालिका नखुलेका १ गरी जिल्ला भित्र ४२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित मध्ये ७ सय ४६ जना जिल्ला भित्र र १०५ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् ।
यो सँगै जिल्लामा सक्रिय केशको संख्या ८ सय ५१ पुगेको छ । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ३ सय ६३ पुगेको छ भने संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ९०२ पुगेको छ । आज नीलकण्ठ नगरपालिकाका ४५ वर्षीय पुरुष, थाक्रे गाउँपालिकाका २३ र ६५ वर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लामा संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस