धादिङ,२७ जेठ ।
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले वर्षा केही बढ्न थालेको र आउँदो हप्तादेखि भने ठाउँ–ठाउँमा ठूलो वर्षासमेत हुने जानकारी दिनुभयो ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन÷चट्याङ सहित मध्यमसम्मको वर्षा हुनेछ ।
प्रतिक्रिया दिनुहोस