धादिङ २८ वैशाख
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले निशेधाज्ञा जारी गरेसँगै व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि मङ्गलबार धादिङबेसीका पसलहरुमा अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकण प्रसाद उपाध्यायको नेतृत्वमा, घरेलु तथा साना उद्योग कार्यालय धादिङ, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले धादिङबेसीका ७ वटा खाद्यान्न, कस्मेटिक तथा सप्लायर्सहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकाशं पसलहरुमा म्याग गुज्रेको सामग्रीहरु व्यवसायीहरुले बेच्ने गरेको र मूल्य सूची नराखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय बताउनु हुन्छ ।
नागरिकहरुले चामल, खाने तेल, दाल लगायतका खाद्यान्नहरुमा व्यवसायीहरुले चर्को मूल्य लिएको गुनासो आएता पनि अनुगमनका क्रममा मूल्य वृद्धि भएको नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय बताउनु हुन्छ ।
व्यवसायीहरुलाई पूर्व जानकारी हुने गरी टिम नै लिएर अनुगमनमा जाँदा त व्यवसायीहरुले सही सूचना दिन्छन् र ? भन्ने हाम्रो प्रश्नमा सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्नुहुन्छ ।
यता उपभोक्ताहरुले भने व्यवसायीहरुले मनलाग्दी रुपमा मूल्य लिने गरेको र निशेधाज्ञाको फाइदा उठाएको गुनासो गर्ने गरेका छन् ।
अनुगमन टोली बजार अनुगमनमा निस्किएको सूचना पाउनासाथ कतिपए व्यवसायीहरुले पसल बन्द समेत गरेका थिए । पूर्व जानकारी दिएर अनुगमनमा आउँदा सही सूचना प्राप्त नहुने र वास्तविक अनुगमन नहुने उपभोक्ताहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस