धादिङ बैशाख १५
वागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा धादिङबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद डा. रामकुमारअधिकारी नियुक्त भएका छन् । बुधबार मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीपरिषद् विस्तार गरेसँगै सांसद डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । पौडेलको विस्तारित मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत नियुक्त भएका छन् ।
गएको पुस १० गते मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले संयुक्त रुपमा पदबाट राजीनामा दिएका थिए । ४ महिनापछि रिक्त सोही पदमा मुख्यमन्त्री पौडेलले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले नेकपा एमालेको प्रधानमन्त्री ओली निकट सांसदहरुलाई मात्रै मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस