धादिङ,०६चैत ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको अध्यक्षमा अनिल कोईराला चयन हुनुभएको छ । धादिङबेसीेमा सम्पन्न भएको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशनबाट अनिल कोईरालाको अध्यक्षतामा सहित ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। बैदेशिक रोजगारीको क्रममा स्वदेश तथा विदेशमा भोगेका समस्याहरुको न्युनिकरण र समाधानका लागि पहल गर्ने र आप्रवासी कामदारको परिवार र उनीहरुको हकहितको लागि केन्द्र गठन गरीएको हो। पुर्नगठित केन्द्रको उपाध्यक्षमा गिता ओस्ति,कोषाध्यक्षमा राममाया श्रेष्ठ निर्वाचित हुनुभएको छ।यसैगरी सदस्यहरुमा सिता अर्याल,कुशल आलेमगर,कमला कोईराला,सिताराम श्रेष्ठ,शिसिर रेग्मी, रिना नेपाली र दाउत तामाङ रहनुभएको छ । केन्द्रको कार्यवाहक अध्यक्ष कमला कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमख विन्दा बरामु (नेपाली)को प्रमुख आतिथ्य र नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,नेपाली काँग्रेस नगर कमिटिका सभापति शम्भु सिंह ठकुरी,टोल सुधार महासमिति अध्यक्ष नर बहादुर श्रेष्ठको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस