धादिङ ०३ चैत्र
धादिङको सदरमुकामस्थित पुछारबजारमा लागु औषध विरुद्धको सचेतनामूलक सडक नाटक तथा सांगीतिक धुन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रस्तुत गरेको सचेतनामूलक सडक नाटकमा लागु औषध सेवन गर्दाका बेफाइदाहरु, यसले परिवार, समाज र व्यक्तिगत स्वास्थ्यमा पार्ने असरहरुका बारेमा कलाकारहरुले नाटकीय रुपमा प्रस्तुती दिएका थिए । यस्तै घरेलु मदिरा विक्री वितरणले समाजमा विकृति ल्याएको, पारिवारिक कलह सिर्जना गरेको, सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्दा लैङ्गिक हिंसा बेहर्नुपरेको र यस्ता घटनालाई प्रहरीले कसरी सहजीकरण गर्छ भन्ने जस्ता समाजका यथार्थ चित्रण भएका प्रस्तुतीहरु कलाकारले प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा रमाइलो साङ्गीतिक धुन समेत प्रस्तुत गरिएको थियो । सडक नाटकको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्का लगायत बाक्लो मात्रामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस