काठमाण्डौं जेष्ठ १३
गोरखाको सहिद लखन गाउपालिका वडा नम्बर ८ का ५ जना युवाहरु नेपाली कांग्रेस पार्टी परित्याग गरी सोमबार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन । नेपाली कांग्रेसको जागरण अभियान चलिरहेको बेला कांग्रेस पार्टी र जागरण अभियानको औचित्यप्रति असन्तुष्टि जनाउदै ईश्वर मुडबरीको नेतृत्वमा कपिल रेग्मी,सुवाष रेग्मी,लक्ष्मण ढकाल र दशरथ परियार नेकपा प्रवेश गरेका हुन । जनताको हित अनुरुप काम गर्न नसकेको, विकासमा पार्टिलाई समाहित गराउन नसकेको, कार्यकर्ताको मनोबल उच्च राख्न नसकेको कारणले गर्दा आफुहरु स्वत स्फुर्त कांग्रेस पार्टी परित्याग गर्नुपरेको युवाहरुले बताएका छन ।
नेपाल सरकार संघिय संसदका सदस्य तथा नेकपाका केन्द्रिय सदस्य चुडामणी खड्काको हातबाट टिका ग्रहण गरी उनिहरु पार्टी प्रवेश गरका हुन । “नेकपाले संगठन निर्माणको अभियानमा छ, तपाईहरु आफै आउनुभएको छ यसले हामीहरुलाई सकरात्मक उर्जा थपेको छ” सांसद चुडामणी खड्काले भन्नुभयो,“विकासमा बुंकोट बर्षौ पछाडी परेको छ यसलाई अगाडी बढाउनुप¥यो भन्दै हामीकहाँ जोडिनुभएको छ तपाईहरु सबैको जोसलाई म सम्मान गर्छु र यसलाई जोगाउन भरमग्दुर प्रयत्न गर्नेछु” ।
युवा समाजसेवी तथा नेकपाका नेता उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी एवं नेकपा नेता नवराज अंगाई लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । बुंकोटमा किन हल्लियो कांग्रेस ? साविकको बुंकोट हालको सहिद लखन गाउपालिका वडा नम्बर ७ र ८ गोरखाको सदरमुकाम संग जोडिएको क्षेत्र हो ।
कांग्रेस र कुनैबेला देशको केन्द्रिय राजनीतिमा समेत पकड जमाएको ठाँउ हो गोरखाको बुंकोट तर विकासमा भने गोरखाको अन्य ठाँउहरु भन्दा धेरै पछाडी छ । कांग्रेसका एक नेता भन्छन अहिले सहिद लखन गाउपालिका वडा नम्बर ८ मा युवाहरुको भावनाको कदर नै भएन, बुंकोटका युवा कांग्रेसबाट कुटिन थाले, काममा मनलाग्दी भयो बरु नेकपाका नेताहरु समन्वयन गर्छन सबै मिलेर विकास गरौ भन्छन तर कांग्रेसमा यो भावना पटक्कै आएन । आफ्ना भावनाको कदर नभएको भन्दै बुंकोटका जुझारु युवाहरुको नेकपा मा प्रवेश गर्ने लर्को बढदै गईरहेको छ ।
यो पनि पढ्नुहोस् ।
सहिद लखन गाउँ पालिका गोरखाका युवाहरु काँङ्ग्रेस परित्याग गर्दै नेकपा प्रवेश
प्रतिक्रिया दिनुहोस