सुजन रेग्मी
काठमाडौं जेष्ठ ११
गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ८ का ६ जना युवाहरु नेपाली काँङ्ग्रेस पार्टी त्याग गर्दै नेकपामा प्रवेश गरेका छन् । पाटी त्याग गर्दै नेकपामा प्रवेश गर्ने युवाहरुमा विकास ढकाल,अविनास परियार,नारायण ढकाल,सञ्जय ढकाल,अमृत ढकाल र केदार ढकाल रहेका छन् । विकास ढकालको नेतृत्वमा युवाहरु नेकपा प्रवेश गरेका हुन् ।
काँङ्ग्रेस पार्टीले जनताको हित अनुकुल काम गर्न नसकेको, जन अपेक्षा पुरा गर्न नसकेकाले पार्टी परित्याग गरेको युवाहरुले बताएका छन् । नेपाल सरकारका संघीय सांसद तथा नेकपा पाटी केन्द्रीय सदस्य चुडामणि खड्काको हातबाट टीका ग्रहण गरी पार्टी प्रवेश गरेका हुन् । सहिद लखन थापा गाउँपालिकाले सामाजिक कार्यहरुमा सबैलाई समेट्ने र नेकपामा सबैलाई स्वागत गरिने नेकपाका जिल्ला समिति सदस्य उत्तर कुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस