धादिङ असोज १६
जिल्ला अस्पताल धादिङमा कार्यरत दुई जना कर्मचारीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । असोज १२ गते जिल्ला अस्पतालमा कार्यरत केही कर्मचारीहरुको स्वाव संकलन गरी पिसिआर रिपोर्टको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौ पठाएकोमा बिहिबार मात्र रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनु भयो । विकका अनुसार अस्पतालमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमित अर्थात कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालका सेवाहरु बन्द भएको छ । शुक्रबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि अस्पतालबाट प्रदान हुने ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुति सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । कोरोना संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउँदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुति सेवा सञ्चालन हुने अस्पताल स्रोतले जनाएको छ । यस्तै अस्पतालबाट प्रवाह हुने ओपिडी लगायत अन्य सेवाहरु समेत कटौती गरिएको छ ।
प्रतिक्रिया दिनुहोस