धादिङ जेष्ठ ३
विवकै परिवेशमा नेपालमा ठुलो कम्युनिष्ट एकता भएकाले जनपक्षीय कार्य गर्नुपर्ने नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताएका छन् । २६ औँ मदनआश्रित स्मृति दिवस तथा नेकपा एकताको पहिलो वर्षगाँठको अवसरमा धादिङबेसीमा आयोजित कार्यक्रममा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार निकै नै शक्तिशाली भएकाले यो अवसरलाई देश र जनताको हितमा प्रयोग गर्नको कञ्जुस्याई गर्न नहुने बताउनु भयो ।
सरकर गठन भएको डेढ वर्षको अवधिमा सरकारले बाहिर प्रचार गरिएको जस्तो केही नगरेको जस्तो देखिएता पनि धेरै लोकप्रिय र जनअपेक्षा अनुरुपका कार्य गरेको बताउनु भयो । फरक राजनैतिक विचार र भूमिका र इतिहासबाट आएका कम्युनिष्टहरु एक ठाउँमा आउनु नै ठुलो कुरा रहेकाले यो अवसरलाई देश र जनताको हितमा प्रयोग गर्नको लागि सम्पुर्ण पार्टी कार्यकर्तालाई नेता ज्ञवालीले आग्रह गर्नुभयो । कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको भुमिका अत्यन्तै महत्त्वपूर्ण रहेको तथा इतिहासले उहाँहरुको मूल्याङ्कन गरिरहेको समेत नेता ज्ञवालीले बताउनु भयो । नेकपा धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री एवं नेकपा स्थायी कमिटि सदस्य प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा नेताहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, खेम प्रसाद लोहनी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेकपा धादिङका सचिव सालिग्राम जम्कट्टेल, गुरु बुर्लाकोटी, राम बहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा धादिङका सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस