जेष्ठ २२ धादिङ
उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले गर्भवती महिलाहरुलाई बुधबार पोषण भत्ता वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) लाई मध्ये नजर गर्दै नेत्रावती डबजोङले गाउँपालिकाले आफ्नो पालिका भरी रहेका १ सय ३३ जना गर्भवती महिलाहरुलाई बुधबार १५ सयका दरले पोषण भत्ता प्रदान गरिएको हो । यस्तै सेमजोङ स्वास्थ्य चौकीमा ४० जना, मार्पाक स्वास्थ्य चौकीमा ४१ जना, कटुन्जे स्वास्थ्य चौकीमा ३१ जना र भोक्टेनी स्वास्थ्य चौकीमा २१ जना गरी १ सय ३३ जना गर्भवती महिलाहरुलाई रु १५ सयका दरले पोषण भत्ता वितरण गरिएको हो । गाउँपालिकाको रु ३ लाख रकम १ सय ९० जना गर्भवती महिलालाई पोषण भत्ता वितरण गर्ने लक्ष्य रहेको गाउँपालिका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले जानकारी दिनु भयो । गर्भवती महिलाहरुको लागि शरिरमा पौष्टिका तत्वको बढी मात्रामा आवश्यक पर्ने भएकाले गाउँपालिकाले पोषण युक्त हरियो फलफुल खानको लागि भत्ता वितरण गरिएको स्वास्थ्य संयोजक पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस