धादिङ १५ माघ
न्यू धादिङ बोर्डिङ स्कूलको ११ औँ वार्षिक उत्सव बुधबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले दिप प्रज्वलन तथा विद्याकी देवी सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्र. आचार्य
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले स्थापनाको छोटो समयमै जिल्लाका अरु विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम भएको यस विद्यालय संस्थागततर्फको उत्कृष्ठ विद्यालयको रुपमा स्थापित भएको बताउनु भयो । प्रमुख अतिथि आचार्यले आफ्नो विद्यालयले गरेका सकारात्मक र सफल कार्यहरुलाई अन्य विद्यालयहरुसँग पनि आदान प्रदान गर्नुपर्ने बताउदै न्यू धादिङ बोर्डिङ स्कूलले पढाईसँगै विद्यार्थीहरुलाई राष्ट्रियता देशप्रेम, समाजप्रतिको दायित्व पनि सिकाएको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै धादिङ बोर्डिङ स्कुलका प्रधानाध्यापक हरि लम्साल
कार्यक्रमका अतिथि धादिङ बोर्डिङका प्रधानाध्यापक हरि लम्सालले अध्ययनरत विद्यार्थीहरुले आफ्नो पढाइलाई सुधार्न अग्रजहरुको सिको गर्नुपर्ने बताउदै पढाईसँगै अतिरिक्त कृयाकलाप, संस्कार, संस्कृति, राष्ट्रियता जस्ता थप ज्ञान पनि प्रदान गरेकाले अभिभावकहरुलाई ढुक्क भएर आफ्ना नानीबाबुहरुलाई न्यू धादिङ बोर्डिङमा अध्ययन गराउन अनुरोध गर्नुभयो । सफल विद्यार्थी बन्न योग ध्यान, अनुशासन, लगनशीलता, सकारात्मक सोच, इमान्दारिता जस्ता गुण आवश्यक रहेको बताउदै लम्सालले अभिभावक विद्यार्थी र शिक्षकबीचको असल सम्बन्ध नै विद्यार्थीको सफलताको कडी भएको बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै अभिभावक बालकृष्ण दाहाल
यस्तै अभिभावकहरुको तर्फबाट मन्तव्य राख्दै अभिभावक बालकृष्ण दाहालले न्यू धादिङ बोर्डिङ स्कूलको प्रगति दिनप्रतिदिन उत्कृष्ठ बन्दै गएको बताउदै मध्यम आयस्तर भएका अभिभावकहरुले पनि आफ्ना छोराछोरीलाई पढाउन सक्ने शुल्क भएको तथा विद्यालय सञ्चालक र शिक्षकहरु उच्च बौद्धिक स्तरका रहनुभएकाले अभिभावकहरुलाई ढुक्क भएर नानीबाबुहरुलाई न्यू धादिङ बोर्डिङमा पठाउन अनुरोध गर्नुभयो ।
विद्यालयको बारेमा कार्यक्रममा जानकारी गराउदै प्रधानाध्यापक अभिशेक बसौला
यस्तै विद्यालयका प्रधानाध्यापक अभिशेक बसौलाले न्यू धादिङ बोर्डिङ बालमैत्री विद्यालयको रुपमा स्थापित हुँदै गएको बताउदै असल ज्ञान आर्जनको उत्कृष्ठ मन्दिर बनाउन विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध आवश्यक हुने बताउनु भयो । यस्तै विद्यालयले पढाइका अतिरिक्त पौडी, नृत्य, तेक्वान्दो कक्षा सञ्चालन गर्दै आएको तथा निकट भविष्यमै विद्यार्थीहरुका लागि निःशुल्क योग कक्षा सुरुवात गरिने बताउनु भयो ।
सभापतिको मन्तव्य राख्दै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद दाहाल
कार्यक्रमका सभापति समेत रहनु भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद दाहालले उत्कृष्ठ शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०६५ सालमा स्थापित यस विद्यालयले छोटो समयमै धेरै प्रगति गर्दै गएको कुरा विगतका नतिजा तथा अभिभावकहरुको सन्तुष्टीले पुष्टी गरेको बताउनु भयो ।
आफूले बनाएको सीपलाई बिद्यालयमा मायाको चिनो स्वरुप प्रदान गर्दै अभिभावक
न्यू धादिङ बोर्डिङ स्कूल व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद दाहालको सभापतित्व रहेको ११ औँ वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गणेश हिमाल क्याम्पसका निर्देशक एवं विद्यालयका सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस सञ्चालक समिति अध्यक्ष एवं विद्यालयका सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख एवं विद्यालयका सञ्चालक समिति सदस्य ईश्वरी प्रसाद पाण्डे, धादिङ बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष एवं विद्यालयका सञ्चालक समिति सदस्य बाबुराम अधिकारी, धादिङ बोर्डिङ स्कुलका प्रधानाध्यापक एवं विद्यालय सञ्चालक समिति सदस्य हरि लम्साल, धादिङ बोर्डिङ स्कुलका एजुकेटिभ डाइरेक्टर एवं विद्यालय सञ्चालक समिति सदस्य सुरेन्द्र शाह, नेपाल पत्रकार महासंघका संस्थापक सभापति सीताराम प्रसाद बर्मा, धादिङ बोर्डिङ स्कुलका संस्थापक सञ्चालक समिति सदस्य राजकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका विशिष्ट पाहुनाहरुका साथै अभिभावकहरु
विद्यालयकी शिक्षक सावित्री लम्सालले शिक्षकहरुको तर्फबाट तथा ममता श्रेष्ठले विद्यार्थीहरुको तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रममा अभिभावकहरुका लागि तातो आलु खेल खेलाइएको थियो । जसमा अभिभावक विनिता गुरुङ प्रथम, डाली गुरुङ द्धितीय र सुलोचना धमला तृतीय हुनुभएको थियो ।
तातो आलु खेलमा प्रथम , द्धितीय र तृतीय हुन सफल अभिभावकहरु पुरस्कार ग्रहण गर्दै
यस्तै विद्यालयमा आफ्ना नानीबाबुहरुको पढाईको स्तरका बारेमा नियमित चासो राख्ने, विद्यालय भ्रमण गर्ने असल अभिभावकहरु सपना भण्डारी, दुर्गा बहादुर गुरुङ र फूलमाया तामाङलाई पनि सम्मान गरेको थियो ।
असल अभिभावकका रुपमा सम्मानित हुदै अभिभावकहरु सपना भण्डारी, दुर्गा बहादुर गुरुङ, फूलमाया तामाङ
यसैगरी वर्ष उत्कृष्ठ शिक्षकका रुपमा अङग्रेजी शिक्षक प्रमिला तामाङ, लेखापाल झरना श्रेष्ठ र कम्प्युटर शिक्षक रुपा गिरीलाई समेत सम्मान गरिएको थियो ।
उत्कृष्ठ शिक्षकको रुपमा सम्मानित हुदैँ शिक्षकहरु प्रमिला तामाङ, झरना श्रेष्ठ र रुपा गिरी
यस्तै शैक्षिक सत्र २०७५ मा कक्षागत रुपमा प्रथम द्धितीय र तृतीय हुने विद्यार्थीहरु तथा विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा अभिभावकहरुका लागि चिठ्ठा कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न राष्ट्रियता, देशभक्ती झल्कने नृत्य तथा नाटकहरु प्रस्तुत गरेका थिए ।
सम्मानित भएपछि विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सामुहिक तस्बिर
मायाको चिनो ग्रहण गर्दै प्रमख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अम्बिका प्रसाद आचार्य
विद्यालय प्रथम हुन सफल विद्यार्थी सपना वाइबा आफ्नो मन्तव्य राख्दै
पुरस्कार ग्रहण गर्दै विद्यार्थी
पुरस्कार ग्रहण पश्चात सामुहिक तस्बिर खिचाउदै विद्यार्थीहरु
विद्यार्थीहरुका लागि तयार गरिएको पुरस्कारहरु
आफ्नो प्रस्तुती देखाउदै विद्यार्थीहरु
आफ्नो प्रस्तुती देखाउदै विद्यार्थीहरु
आफ्नो प्रस्तुती देखाउदै विद्यार्थीहरु
आफ्नो प्रस्तुती देखाउदै विद्यार्थीहरु
प्रतिक्रिया दिनुहोस