सुमन अधिकारी
धादिङ ११ माघ
लामा रिन्जेन छ्यो डुब्लिङ गुम्बा समिति र जन आवाज युवा क्लब निलकण्ठ १४ धुवाकोटको आयोजनामा शनिबार सुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जन आवाज युवा क्लबका संयोजक निम बहादुर गुरुङको अध्यक्षता तथा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी र वडा अध्यक्ष फन्द्रा तामाङको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै सांसद अधिकारीले जन आवाज युव क्लबको खेल मैदान स्तरोन्नती र सामुदायिक भवन निर्माणको लागि सर्वे भैसकेको तथा धुवाकोटमा आन्तरिक पर्यटन प्रबद्र्धनका साथै पदमार्ग निर्माणका लागि डिपिआर तयार भै बजेट विनियोजनको चरणमा पुगेको बताउनु भयो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले नीलकण्ठ नगरपालिकाले स्वास्थ्य विमा र नगरबासीलाई जटिल किसिमका रोगहरुमा विमाको व्यवस्था गर्ने बताउनु भयो । कार्यक्रममा कलाकारहरु राकेश गुरुङ, सीता लामा, सैलव वाइवा लगायतले मनोरञ्जन गराएका थिए ।
प्रतिक्रिया दिनुहोस