धादिङ ११ माघ
अखिल नेपाल निर्माण मजदुर संघ धादिङको अध्यक्षमा दिपक काफ्ले निर्वाचित भएका छन् । शनिबार धुनिबेसी नगरपालिकामा भएको विशेष कार्यक्रमको अवसरमा अखिल नेपाल निर्माण मजदुर संघको जिल्ला कमिटी निर्माण गरिएको हो । काफ्लेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा राम प्रसाद सुनुवार, सचिवमा राम बहादुर गजुरेल, सह सचिवमा सन्तोष शाक्य र कोषाध्यक्षमा रजिना श्रेष्ठ चयन हुनभएको छ । धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको विशेष आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमृत लामा, अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष वद्रि प्रसाद सुवेदी, नेकपा जिल्ला नेता दिपक लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।
सरकारले तोकेको न्युनतम पारिश्रमिक उद्योग सञ्चालकहरुले तुरुन्त कार्यान्वयन गर्नुपर्ने तथा मजदुरहरुलाई कार्यक्षेत्रमा आवश्यक पर्ने सुरक्षा कवच, सौचालय र खानेपानीको प्रबन्ध गर्नुपर्ने अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष वद्रि प्रसाद सुवेदीले बताउनु भयो । कार्यक्रममा विभिन्न इट्टा भट्टा, सिमेन्ट कारखाना र सडकमा काम गर्ने करिब १५ सय मजदुरको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस