धादिङ ०८ माघ
मङ्गलबार राती खनियाबास गाउँ पालिका दार्खामा भएको आक्रमणका सम्बन्धमा नेकपा धादिङले प्रेस विज्ञप्ती जारी गरेको छ । राती १०ः३० बजेको समयमा खनियाबास गाउँ पालिका वडा नं. ४ निबासी नेकपा खनियाबास गाउँ कमिटीका सदस्य एवं नेकपा खनियाबास गाउँ पालिका वडा नं. ४ का सचिव सन्त बहादुर तामाङ सहित रविन तामाङ, फत्त बहादुर गुरुङ र पूर्ण बहादुर घलेलाई खनियाबास ४ निवासी अशोक तामाङ, नेत्रावती डबजोङ गाउँ पालिका १ मार्पाकका राम बहादुर तामाङ र रोशन तामाङ लगायतकासमूहले आक्रमण गरी सन्त बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको र रविन तामाङ फत्त बहादुर गुरुङ, पूर्ण बहादुर घले सख्त घाइते हुने गरी गरेको आक्रमणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा धादिङका सचिव विजय बुर्लाकोटीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा परम्परागत शैलीबाटै हत्या, आतङ्क मच्चाउने प्रवृतिको अन्त्य गरी अपराधमा सङ्लग्न अपराधीहरुलाई कडा भन्दा कडा कारबाहीको लागि सम्बन्धित सुरक्षा निकायसँग माग गर्नुका साथै मृतक सन्त बहादुर तामाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना र घाइतेहरुको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस