रसुवा ०६ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजकको बाँडफाँड टुङ्गो लगाएको छ । दुई साता अघि अनेरास्ववियूले केन्द्रिय कमिटीको एकता प्रक्रिया टुङ्गाएको थियो । देशकै सबैभन्दा ठुलो तथा गौरवशाली विद्यार्थी सङ्गठन अनेरास्ववियूबाट रसुवा जिल्ला संयोजकमा पूर्व अनेरास्ववियू क्रान्तिकारीका अर्जुन पौडेल र सह संयोजकमा पूर्व एमाले निकट अनेरास्ववियुका सनथ देबकोटा चयन भएका छन् । रसुवाबाट अनेरास्ववियू केन्द्रीय कमिटीमा ३ जना चयन भएका थिए । जसमा अनेरास्ववियू क्रान्तिकारी बाट दिपक देबकोटा, कृष्ण न्यौपाने , र अनेरास्ववियु बाट सुरेश अधिकारी चयन भएका थिए ।
प्रतिक्रिया दिनुहोस