कृष्ण बहादुर लामिछाने
गोरखा ०३ माघ
दुल्लभ माध्यमिक विद्यालय भिमसेन थापा गाउपालिका १ घ्याम्पेसाल गोरखाको स्वर्ण महोत्सव सभ्य र भब्य रुपमा उद्घाटन गरिएको छ । चार दिवसीय स्वर्ण महोत्सव कार्यक्रमको बिहिबार समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पूर्व राष्ट्रपति डा. रामबरण यादवबाट दुल्लभ माध्यमिक विद्यालयका संस्थापक एवं संरक्षक स्वर्गीय यद्धु प्रसाद भट्ट र विद्यालयलाई २४ रोपनी जग्गा दान गर्ने जग्गादाता स्वर्गीय दिप बहादुर बाँनीयाको अर्धकदको शालिक अनावरण गरी विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । शिक्षक भिमसेन काजी बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय झाँकी, लाखे नाच, चुट्का, भजन, पञ्चेबाजा सहित ¥याली निकालिएको थियो भने लोकदोहोरी गायीका राधिका हमाल, बबिता बाँनीया (जेरी), हाँस्यकलाकार मनोज गजुरेलको वेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बाँनीयाको अध्यक्षता रहेको कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामबरण यादवको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काङग्रेसका महामन्त्री शसांक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, विद्यार्थी लगायत पत्रकारहरुको सहभागिता रहेको स्वर्ण महोत्सव माघ ५ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस