धादिङ २१ मङ्सिर
नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको एकीकरण प्रक्रिया टुङगिएको छ । साविकको युवा संघ नेपाल र वाइसिएल नेपालबीच एकता भइ बनेको राष्ट्रिय युवा संघ नेपाल धादिङको दिपक खतिवडा संयोजक र राजाराम रिजालको सह संयोजकत्वमा ७१ सदस्यीय जिल्ला कमिटीमा साविकको युवा संघबाट ३९ र वाइसिएलबाट ३२ जना सदस्य रहेका छन् । जसको सचिवालयमा युवा संघबाट ८ जना र वाइसिएलबाट ७ जना गरी १५ जना रहने निर्णय भएको छ । यस्तै बैठकले धादिङ जिल्लाका १३ वटै स्थानीय तहको इन्चार्ज, सह इन्चार्ज, संयोजक र सह संयोजकको समेत टुङ्गो लगाएको छ ।
स्थानीय तहको नेतृत्वको बाडफाड यसप्रकार रहेको छ ।
१. धुनिबेसी नगरपालिका इन्चार्ज सह संयोजक साविक वाइसिएल सह इन्चार्ज संयोजक साविक युवा संघ
२. थाक्रे गाउँ पालिका इन्चार्ज सह संयोजक साविक वाइसिएल सह इन्चार्ज संयोजक साविक युवा संघ
३. गल्छी गाउँ पालिका इन्चार्ज सह संयोजक साविक वाइसिएल सह इन्चार्ज संयोजक साविक युवा संघ
४. नेत्रावती गाउँ पालिका इन्चार्ज सह संयोजक साविक वाइसिएल सह इन्चार्ज संयोजक साविक युवा संघ
५. त्रिपुरा सुन्दरी गाउँ पालिका इन्चार्ज सह संयोजक साविक वाइसिएल सह इन्चार्ज संयोजक साविक युवा संघ
६. रुविभ्याली गाउँ पालिका इन्चार्ज सह संयोजक साविक वाइसिएल सह इन्चार्ज संयोजक साविक युवा संघ
७. गजुरी गाउँ पालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
८. बेनिघाट रोराङ गाउँ पालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
९. शिद्धालेक गाउँ पालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
१०. नीलकण्ठ नगरपालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
११. ज्वालामूखी गाउँ पालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
१२. गङ्गा जमूना गाउँ पालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
१३. खनियाबास गाउँ पालिका इन्चार्ज सह संयोजक साविक युवा संघ सह इन्चार्ज संयोजक साविक वाइसिएल
प्रतिक्रिया दिनुहोस