धादिङ १४ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ पुछार बजार स्थित न्यु किबो बोर्डिङ्ले विभिन्न कार्यक्रम गरेर बुक फ्री फ्राइडे मनाएको छ ।
अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार विधार्थीहरुमा Speaking Skills (वाककला) विकास गराउने हेतुले कक्षा ३ देखि ६ सम्म पढने विधार्थी भाइबहिनिहरुलाई “टेबल टल्क“ (Table Talk) कार्यक्रम संचालन गरिएको थियो ।
त्यसैगरी कक्षा १ र २ मा अध्ययनरत विधार्थीहरुलाई लेख्ने सिपको विकास गराउने पेपरमा चित्र बनाएर उक्त चित्रको बारेमा आ–आफुले जानेको कुरा लेख्नलाई सहजीकरण गरिएको थियो ।
त्यसैगरी कक्षा ७ देखि ९ सम्मका विधार्थी भाइबहिनीहरुले N–PABSAN Dhading द्धारा धादिङ बोर्डिङमा आयोजना गरिएको विज्ञान प्रदशनी मा समावेश भै उनिहरु आफैले बनाएका विभिन्न सामाग्रीहरु जस्तै : Waitor Robot, Rocket, Exacavator, Artificial Green House, Food Chain, Water Purification, Dancing Robot, CO2 Gas Purification, SST System Module पर्दशनी गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीका अनुसार विधार्थीहरुलाई आफै गरेर सिक्ने र समुहमा सिकाई गर्दा सहजताका साथ झन बढी सिकिने कुरामा जोड दिन विद्यालयले अनेकौं प्रयास गरेको बताउनु भयो ।
फोटो फिचर :
प्रतिक्रिया दिनुहोस