प्रेम बहादुर तामाङ
धादिङ १४ मङ्सिर
प्रदेश नं. ३ का सांसद जगत सिंखडाले खनियाबास गाउँ पालिका वडा नं. २ झार्लाङका विकट वस्तीहरुमा सडक विस्तारको लागि सांसद विकास कोषबाट रु. ३० लाख बजेट विनियोजन गर्ने घोषण गर्नुभएको छ । विकट वस्तीमा सांसद भन्ने मूल नाराका साथ खनियाबास गाउँ पालिका वडा नं. २ झार्लाङको क्युङ थली, कतराङ र गोरगाङ वस्तीका स्थानीयहरुले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रम तथा केन्द्रीय विद्युत लाइनको उद्घाटन कार्यक्रममा सो कुरा बताउनु भएको हो । स्थानीय अगुवा बोर्ज बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद जगत सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशेष अतिथिमा नेकपा धादिङका सचिव विजय बुर्लाकोटी रहनुभएको थियो भने अतिथिहरुमा नेकपा धादिङका जिल्ला कमिटि सदस्यहरु आशिष अधिकारी, मङ्ग बहादुर तामाङ, रेडक्रस धादिङका पूर्व सभापति ईश्वरी प्रसाद अधिकारी, खनियाबास गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, वर्ष २०७५ को नागरिक हिरो दिनेश तामाङ लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसर पारी स्थानीय अगुवा बोर्ज बहादुर तामाङको नेतृत्वमा ५ बुदे योजना मागपत्र समेत पेश गरिएको छ । मागपत्रमा अब्थली, क्युङ, सिङ्ला सडकको डिपिआर निर्माण, अब्थली, क्युङ, कतराङ, केजु हुदैँ सिङ्ला जाने पदमार्ग निर्माण, होम स्टेको पूर्वाधार निर्माण, सहकारीमार्फत स्थानीय तरकारी सङ्कलन केन्द्रहरुको निर्माण, स्थानीय स्तरमा स्वास्थ्य इकाई तथा स्वास्थ्य विन्दुहरुको निर्माण लगायतका रहेका छन् । स्थानीयको मागपत्र बुझ्दै सांसद सिंखडाले सांसद विकास कोषबाट विनियोजन गरेको ३० लाख बजेटलाई वृद्धि गरी ८० लाख पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि र स्थानीय पर्यटन प्रबद्र्धनको लागि सिङ्ला पर्यटन महोत्सव आयोजना गर्नको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । नागरिक अभिनन्दन कार्यक्रममा स्थानीय बासिन्दाहरुले पहिलो चोटी जनताको प्रतिनिधि आफ्नो घर घरमा आइपुगेर गुनासोहरु सुनिदिएकोमा धन्यवाद ज्ञापन गर्दै फूलमालाले भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस