चितवन ०८ मङ्सिर
नेपाल चेपाङ संघ प्रदेश नं. ३ को अधिवेशनबाट प्रगतिशील प्यानलका खुसीलाल चेपाङको अध्यक्षतामा प्यानल सहित बिजयी भएको छ । शनिबार चितवनमा सम्पन्न अधिवेशनबाट अध्यक्षका प्रत्याशी खुसीलाल चेपाङ ९४ मत सहित विजयी भएका हुन् । प्रथम अबिधेशनबाट १७ सदस्यीय नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा, उपाध्यक्षमा धादिङका पूर्णिमा चेपाङ, सचिवमा चितवनका लक्ष्मण चेपाङ, कोषाध्यक्षमा धादिङका उद्धव चेपाङ, सह–सचिवमा मकवानपुरका सिद्धलाल चेपाङ प्रगतिशील प्यानल नै विजय भएका छन् । नेपाल चेपाङ संघका केन्द्र्रीय अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिग्राम जम्मकट्टेलको प्रमुख आतिथ्यता रहेको चेपाङ संघका केन्द्रीय शिक्षा विभागका प्रमुख तिलक चेपाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस