धादिङ ५ जेठ
धादिङको नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल पुर्नगठन गरिएको छ ।
शुक्रबार नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सम्रचना थापा मगरको अध्यक्षतामा ११ सदस्यिय युवा रेडक्रस सर्कल पुर्नगठन गरिएको छ । जसको उपाध्यक्षमा अंशु श्रेष्ठ,सचिवमा यस्तर तामाङ, सह–सचिवमा सन्तोषी सुनार, कोषाध्यक्षमा शुदिक्षा दाहाल, सह कोषाध्यक्षमा एभा मोक्तान चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सन्ध्या घिमिरे, दिप्सन आचार्य, पुर्णिमा अधिकारी, करिष्मा परियार, प्रशान्त तामाङ चयन भएका छन् ।
उक्त समितिका संरक्षकका रुपमा नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक ध्रुर्व अधिकारी, शिक्षक नायक अर्जुन सिम्खडा, सह शिक्षक नायक जानुका सिम्खडा र मरिमा खातुन रहनुभएको नीलकण्ठ वालमन्दिर माध्यमिक विद्यालयका पुर्वशिक्षक नायक राजेन्द« राना मगरले जानकारी दिनुभयो । उहाँले गरि १५ सदस्यिय स्वंयमसेवक परिचालन समितिको समेत गठन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस