धादिङ ४ जेठ
न्यू किबो वोर्डिङ स्कुलमा धादिङमा निर्वाचन प्रणाली मार्फत सदनात्मक विद्यार्थी नेतृत्व चयनको लागि निर्वाचन सम्पन्न भएको छ ।
शुक्रबार विद्यालय परिसरमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागी गराई निर्वाचन प्रकृया पुरा गरि गोप्य मतदान गरिएको हो । उक्त निर्वाचनमा रातो निलो पहेँलो र हरियो गरि ४ सदनबाट मतदान गरिएको हो ।
शैक्षिक पठनपाठनका क्रियाकलाप संगै उमेर पुगेपछि मतदानमा सहभागी हुने प्रकृयाबारे सैद्धान्तिक ज्ञान संगै व्यवहारिक ज्ञान प्राप्त हुनेभएकाले विद्यार्थीलाई निर्वाचन प्रशिक्षण पनि भएको विद्यालयका प्रिन्सिपलले रेडियो बिहानीसंग बताउनुभयो । उहाँले विद्यार्थीहरु आफै अनुशासनको दायरामा बाधिँन स्वच्छ र निश्पक्ष तवरबाट चुनिएको नेतृत्वले गरेको कमाण्डमा सधैँ सकारात्मक रहने हुँदा शैक्षिक सुधार गुणस्तरमा टेवा पुग्ने प्रिन्सिपल रेग्मीले बताउनुभयो ।
शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयले विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलापका साथै व्यवहारिक सिप र सृजनामा विद्यार्थीलाई प्रत्येक हप्ताको शुक्रबार अतिरिक्त ज्ञानसहितको उत्सव मनाउदै आएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले बताउनुभयो । शुक्रबार भएको निर्वाचनको विजय घोषणा भने आईतबार गर्ने संयोजक भट्टले जानकारी दिनुभयो ।
विद्यार्थीलाई अनुशासन र पढाईप्रति ध्यान केन्द्रित बनाउन कक्षा क्याप्टेन लगायत सदनात्मक नेतृत्व चयनका लागि न्यू किबो वोर्डिङ स्कुलले वार्षिक रुपमा निर्वाचन गरि नेतृत्व चयन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस