धादिङ बैशाख
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ स्थित गुम्दीमा सञ्चालन भएको पाँच दिने स्यानेटरी प्याड बनाउने तालिम समापन भएको छ ।
शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष राजकुमार गुरुङको अध्यक्षता गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा कार्यपालिका सदस्य उजेली गुरुङको रहेको थियो
वडा नम्बर ३ को आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रशिक्षक विमला ढकालले स्थानीय स्तरका वस्तुलाई उपयोग गरि पुन प्रयोगमा ल्याउन मिल्ने प्याड सम्बन्धी तालिम दिएको हो ।
महिलाहरुको सीपमुलक क्षमता बिकास तालिमसंगै उद्यमशील बनाउने उद्देश्यले तालिम सञ्चालन गरीएको वडा अध्यक्ष राजकुमार गुरुङले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले महिलाहरुको लागि अनिवार्य आवश्यकता रहेको स्यानेटरी प्याड बजारबाट किन्नुपर्दा आर्थिक भार थपिएकोले गाउँमै प्याड बनाउने तालिम दिएको हुँदा व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।
त्यस्तै प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले मानव स्वास्थ्य तथा सरसफाईसंगै आर्थिक रुपमा पनि तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गंगाजमुनाको वडा नम्बर ३ पर्यटकीय आकर्षणको गन्तव्यसमेत रहेको हुला स्वाच्छ वातावरण समाज टोल निर्माण सबैको समान भुमिका रहनुपर्ने बताउनुभयो । आगामी आर्थिक वर्षमा महिला, दलित समूदाय लगायतको सीपमुलक क्षमता बिकासका कार्यक्रमहरुमा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
५ दिन सम्म सञ्चालन भएको तालिममा ५१ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । गत बैशाख १८ गतेदेखि सञ्चालन भएको तालिम शनिबार समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस