धादिङ २१ बैशाख
वनमा जथाभावी आगो नलगाउन डिभिजन वन कार्यालय धादिङले अपिल गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जथाभावी बनमा डढेलो लगाउदा ठुलो धनजनको क्षती संगै मानवीय क्षति समेत हुनेभएकाले जथाभावी आगो नलागाउन अपिल गरेको हो ।
वन जोगाउन सबै नागरिकको कर्तव्य भएकोेले वन डढेलो जानीजानी लगाएको पाइएमा वन डढेलो दण्डनीय अपराधको रुपमा मुद्धा चलाई कानुनी कार्वहीमा अगाडि बढाउने सूचनामा भनिएको छ ।
वन डढेलो लगाए वन ऐन अनुसार क्षति असुली गरि ३ बर्ष सम्म कैदको प्रावधान रहेको भन्दै डढेलो लगाउने बिरुद्ध जानकारी दिन समेत डिभिजन वन कार्यलय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।
वनमा डढेलो लगाएको व्यक्ति बिरुद्ध सुचना जानकारी गराए स्थानीय तहसंगको सहकार्यमा उचित पुरस्कारको व्यवस्था समेत गरीएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।
पछिल्लो समय धादिङ सहित देशभर वन डढेलेको कारण आगलागी भई कृषि र पशुपन्छी क्षेत्र अन्तर्गत विभिन्न बाली, पशुचौपाया, पन्छी तथा अन्न उत्पादनको क्षेत्रमा ठुलो क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस