धादिङ २८ माघ
नीलकण्ठ नगरपालिका धादिङको दोस्रो नगरसभा र चौथो अधिवेशन सम्पन्न भएको छ ।
आईतबार एक भव्य कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाको प्रमुख भिम प्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमा निती तथा कार्यक्रम कार्यन्वयन समिक्षा, चालु आर्थिक वर्षको कार्यक्रम प्रगति एवम् संशोधन प्रस्ताव, बाल बालिका सम्बन्धी विधेयक २०८०, संघ दर्ता तथा नियमन सम्बन्धी विधेयक, २०८०, नीलकण्ठ नगरपालिको शिक्षा ऐन, २०७४ मा पहिलो संशोधन आगामी आर्थिक वर्षको लागि प्रस्तावित जिटुजि कार्यक्रम, विभिन्न समितिहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साथै कार्यक्रमको अवसर पारेर नगरपालिकाले १९ औ एसियन खेलकुदमा रजत पदक विजेता नीलकण्ठ १३ निवासी एरिका गुरुङ र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।
गत असोज २० गते चीनमा भएको एसियाली खेलकुद (एसियाड) मा एरिकाले ६८ केजी तौल समूह कराँतेमा नेपालका लागि रजत पदक जित्न सफल भएकी थिईन । मेयर ढुङ्गानाले एरिका गुरुङलाई नगद २५ सहजार र नीलकण्ठ नगरपालिकाबाट जिल्लाको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण ल्याउने खेलाडीलाई जनही १–१ हजारले सम्मान गरेका समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस