धादिङ २१ माघ
नेकपा एमालेको नवौं धादिङ जिल्ला अधिवेशन गएको शुक्रबारबाट सञ्चालन भएको हो ।
केन्द्रिय महासचिव शंकर पोखरलद्धारा उद्घाटन गरेको अधिवेशन शुक्रबार साँझबाटै सुरुभएको बन्दसत्र ३ दिन बितिसक्दा पनि नेतृव्त चयन गर्न सकेको छैन ।
अन्योल र तनावग्रस्त वातावारण सृजना भएपछि एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति निकालेर कार्यकर्ताको हात भाँचिएको स्थिति असामान्य बनेकोले जिल्ला अधिवेशन स्थगित भएको सूचना टाँस गर्न लगाएर बाहिरीएको हो ।
त्यसपछि जिल्ला अध्यक्ष भूमि त्रिपाठीले विज्ञप्ती निकालेर अधिवेशन स्थगित नभएको जनाएका छन् ।
निर्वाचन गर्ने वा सहमतिमा टुङग्याउने भन्ने विषयमा छलफल भने अझै सम्मपनि बन्न सकेको छैन कार्यकर्ता प्रतिनीधी भने बजारमा पाँच सात जनाको ग्रुपमा बनाउदै व्यस्त छन् ।
picture dhading sanchar
प्रतिक्रिया दिनुहोस